You are viewing the translated version of बजेट समितिको काम र कर्तव्य.

Rule 15
बजेट समितिको काम र कर्तव्य
(१) बजेट समितिको काम र कर्तव्य देहाय बमोजिम हुनेछः-
(क) ऐनको दफा ८ बमोजिम योजना आयोगबाट प्राप्त बजेट मार्गदर्शनको आधारमा आफ्नो केन्द्रीय निकाय र अन्तर्गतको कार्यालयको लागि मध्यमकालीन खर्च संरचना र बजेट तथा कार्यक्रम तयार गरी योजना आयोग र अर्थ मन्त्रालयमा पठाउने,
(ख) ऐनको दफा २४ बमोजिम अर्थ मन्त्रालयको सहमतिमा आफ्नो केन्द्रीय निकाय अन्तर्गतको खर्चको मापदण्ड (नर्म्स) निर्धारण गर्ने,
(ग) आफ्नो केन्द्रीय निकायबाट कार्यान्वयन गरिने आयोजना वा कार्यक्रमको प्रत्येक क्रियाकलापको एकाइगत लागत अनुमान तयार गर्ने तथा त्यस्तो अनुमान परिमार्जन गर्ने,
(घ) मध्यमकालीन खर्च संरचनाको विवरण मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट गर्ने, गराउने,
(ङ) अर्थ मन्त्रालयमा हुने बजेट छलफलमा आफ्नो केन्द्रीय निकायको तर्फबाट भाग लिने वा भाग लिन समितिको कुनै पदाधिकारीलाई तोक्ने।
(२) बजेट समितिले केन्द्रीय निकाय अन्तर्गतको कार्यक्रम तथा बजेट प्रस्ताव गर्दा सम्बन्धित निकायको कार्यक्षेत्रभित्रको क्षेत्रगत योजनासँग आबद्ध भएको, उच्च प्रतिफल प्राप्त हुने र खर्चमा मितव्ययिता कायम हुने गरी प्रस्ताव गर्नु पर्नेछ।
(३) बजेट समितिले आफ्नो बैठकको सञ्चालन तथा बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्यविधि आफैँ निर्धारण गर्नेछ।